भारतका केन्द्रीय मन्त्री पासवानको निधन
प्रकासित मिति : २०७७ आश्विन २३, शुक्रबार ११:३५
प्रकासित समय : ११:३५
काठमाडौं, भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो।
केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।
५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिन्थे । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत आफ्ना बुबाको निधन भएको जानकारी गराएका छन् ।