२४ घण्टामा उपत्यकामा थपिए १,४०९ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,११६, भक्तपुरमा१३० र ललितपुरमा १६३ गरी जम्मा १,४०९ जना संक्रमित थपिएका छन् ।

यसअघि विहीबार (हिजो) काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना गरी जम्मा २,५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।