लिबियाबाट सात भारतीय नागरिक अपहरण

काठमामाठौँ, लिबियाबाट सात भारतीय नागरिकको अपहरण भएको छ ।लिबियाको तेल प्रशोधन केन्द्रमा कार्यरत ती भारतीय स्वदेश फर्कने क्रममा विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट अपहरणमा परेका हुन् ।

अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेका छन् । अपहरणमा परेकाहरुको स्थिति अज्ञात छ भने अपहरण गर्नेहरूको पनि पहिचान नभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गर्न आग्रह गरेको छ ।

भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबिया सरकारलाई आग्रह गरेको हो ।भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मा अपील जारी गर्दै सन् २०१६ मा प्रतिबन्धसमेत लगाए पनि अबैध रूपमा लिबिया जाने क्रम रोकिएको छैन ।