भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या ह्वात्तै बढ्यो
प्रकासित मिति : २०७७ आश्विन २३, शुक्रबार १८:४२
प्रकासित समय : १८:४२
काठमाडौं, स्वास्थ्य अवस्था गम्भीर भएर भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या बढेको छ। हिजो बिहीबार देशभर ४२ जना संक्रमित भेन्टिलेटरमा रहेकोमा आज यो संख्या ७५ पुगेको छ। भेन्टिलेटरमा सबैभन्दा धेरै ५७ जना संक्रमित बागमती प्रदेशमा छन्।
त्यसैगरी हिजो आईसीयूमा २३५ जना रहेकोमा आज यो संख्या ३१८ पुगेको छ। आईसीयूमा पनि सबैभन्दा धेरै संक्रमित बागमतीमै १९७ जना छन्। यसैबीच नेपालमा कोरोना भाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या ६०० पुगेको छ। पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६०० पुगेको हो। मृत्यु हुने धेरैजसो अन्य गम्भीर खाले स्वास्थ्य समस्या भएकाहरु छन्।
पछिल्लो दुई महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ। पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।