गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

अछाम, अछाममा हेलिकप्टर मार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ८ बारलाकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

स्थानीय पदम बिककी २१ बर्षिया श्रीमती काेपिला बिककाे हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पठाइएको बारला स्वास्थ्य चाैकीमा इन्चार्ज जितेन्द्र केशीले बताए ।

विहिवार बेलुका सुत्केरी ब्याथा लागेकी बिककाे पेट भित्रकाे बच्चा तेस्राे रहेकाेले बारला स्वास्थ चौकीमा सम्भव नभएपछि सुर्खेत रेफर गरिएकाे इन्चार्ज केशीले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत सुत्केरी व्याथा लागेकी महिला लाई उद्धार गरी अछामबाट सुर्खेत पठाइएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याले जानकारी दिए ।