कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६००
प्रकासित मिति : २०७७ आश्विन २३, शुक्रबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको हो ।बिहीबार देशभर १२ जनाको कोरोना संक्रमण मृत्यु भएको छ ।
बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।