उपत्यकामा मात्र थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन २२, बिहीबार १६:३५
प्रकासित समय : १६:३५
काठमाडौँ, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार मात्र उपत्यकामा थप १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ७१ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।