पूर्व राजा ज्ञानेन्द्र पुत्री प्रेरणा सिंहलाई सरकारी जग्गा छोड्न आदेश
काठमाण्डौ, अदालतको आदेशलाई समेत नटेरेर छाउनीमा सरेको सरकारी भवन विजया बास कब्जा गरेर बसेकी पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई सरकारले बलप्रयोग गरेर भए पनि हटाउने भएको छ ।
नेपाल ट्रस्टको कार्यालयले एक्काइस दिनभित्र सरकारी भवन खाली गरिदिन सिंहलाई असोज ५ गते पत्र पठाएको थियो । त्यो अनुसार उनलाई दिएको म्याद असोज २६ गते सकिदैंछ । तर, त्यो म्याद सकिन लाग्दा समेत सिंहले घर खाली नगरि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रभावमा पार्न खोजिरहेकी छन् ।
नेपाल ट्रष्टको अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलकै हस्ताक्षरमा प्रेरणा राज्यलक्ष्मी सिंहलाई यस अघि पनि पटक पटक घर खाली गर्न अनुरोध गरिएको, सर्वोच्च अदालतले समेत उक्त सम्पत्ति सरकारकै हुने फैसला गरिसकेको स्मरण गराउंदै २१ दिन भित्र घर खाली नगरिए कानुन अनुसार कारवाही गर्ने पष्ट पारिएको थियो । तर, प्रेरणा र उनका पति राजवहादुर सिंहले सरकारी आदेश अनुसार घर जग्गा खाली गर्नुको साटो प्रधानमन्त्रीका केही सल्लाहकारहरु मार्फत शक्ति प्रयोग गरेर घर खाली नगर्ने अडानमा देखिएका छन् ।
तर, ओलीले अहिलेसम्म पनि त्यसबारेमा कुनै दवाव नदिएकोले अबको केही दिनभित्रै प्रहरी लगाएरै भए पनि उक्त जग्गा खाली गराइने नेपाल ट्रष्टका अधिकारीहरुले जानकारी दिएका छन् । ‘सरकारी सम्पत्ति कसैले पनि कब्जा गरेर बस्न सक्दैन । त्यसैले यस पटक सरकारले जसरी पनि त्यो सम्पत्ति कब्जा गरेर बसेकी पूर्व राजकुमारीलाई हटाउंछ’ ट्रष्टका एक अधिकारीले जनतापाटीसंग भने ।
आफ्ना पिता तत्कालिन राजा ज्ञानेन्द्रबाट दाइजोमा प्राप्त भएको सम्पत्ति दावि गर्दै प्रेरणाले विजयवास छोड्न आनाकानी गर्दै आइरहेकी छन् । सर्वोच्च अदालतले २०७३ माघ २१ गते उक्त घर जग्गा सरकारकै हुने भन्दै प्रेरणाको विरुद्ध फैसला गरेको थियो । त्यसपछि सरकारले पट पटक उक्त घर जग्गाको भोगचलन गर्ने प्रयास गर्दै आएको भए पनि प्रेरणा दम्पत्तिले सरकारी आदेशलाई नटेरी जर्वजस्ती कब्जा गरेर बसिरहेका छन् । अहिले उनले कोरोनाले गर्दा अन्यत्र घर बनाउन नसकेको भन्दै उपयुक्त समयमा घर खाली गर्ने दावि सहित प्रधानमन्त्रीलाई प्रभाव पार्न खोजीरहेकी छन् ।
तर, यसपटक प्रधानमन्त्रीले नेपाल ट्रष्टको विषयमा कुनै हस्तक्षेप गर्ने पक्षमा देखिएका छैनन् । त्यसले गर्दा उनले प्रेरणा दम्पत्तिले असोज २६ गते अगाडि नै घर खाली नगरे प्रशासनमार्फ खाली गराउने तयारीमा नेपाल ट्र लागेको छ ।