विश्वले ट्रम्प भन्दा सि जिनपिङलाई धेरै विश्वास गर्छः कमला ह्यारिस

एजेन्सी, सिनेटर एवं अमेरिकाको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीतर्फबाट उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसले विश्वले राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा चिनियाँ राष्ट्रपति सि जिनपिङलाई धेरै विश्वास गर्ने बताएकी छन् ।अमेरिकी उपराष्ट्रपति तथा आगामी चुनावका उम्मेरवारसमेत रहेका माइक पेन्ससँगको प्रत्यक्ष बहसका क्रममा ह्यारिसले यस्तो बताएकी थिइन ।

महामारीपछि राष्ट्रपति ट्रम्प चीनको अगाडि उभिए। उनले महामारी नियन्त्रण गर्न चीनबाट आउने जहाज रोके जुन जो बाइडेन राष्ट्रपतिका उम्मेदवार ले निर्णयको विरोध गरे। 

माइक पेंस और कमला हैरिस

कमला ह्यारिसले पेन्सको भनाई खण्डन गर्दै भनिन्,अमेरिकाले कोरोना नियन्त्रणका लागि ठोस कदम चालेन । जनताप्रति सरकार उदासिन देखियो । यसकारण नै अमेरिकामा संक्रमणबाट विश्वमै सबैभन्दा धेरैको मृत्यु भयो । यस्तै, ह्यारिसले कोरोनाभाइरस र ट्रम्पको चीनप्रतिको नीतिको कारण अमेरिकी जनताको रोजगारी गुमेको आरोप लगाइन् ।

उनले भने, राष्ट्रपति ट्रम्पले चीनसँगको व्यापार युद्ध गुमाइसकेका छन। अनुमान छ कि ट्रम्पको प्रशासनकालमा राष्ट्रपति अगाडि गएका कामहरुको सूची छैन । अमेरिकाका धेरै मानिसहरूले यो कुरा बुझ्न सकेनन। कमला ह्यारिसले भनिन्, विश्वले ट्रम्पको तुलनामा शी जिनपिंगलाई बढी विश्वास गर्छ । त्यसको जवाफमा पेन्सले भने डेमोक्रेटिक पार्टीले कम्युनिष्ट चीनको जयजयकार जस्तै काम गर्दैछ। पछिल्लो समय चीन र अमेरिकाबीच कोरोनाभाइरस, व्यापार युद्ध, हङकङलगायतका विषयमा टकराव हुँदै आएको छ ।