फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन्
एजेन्सी, बुधबार युरोपेली देश फिनल्याण्डको एभा मुर्तो एकदिने प्रधानमन्त्री बनिन् । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लैंगिक विभेद अन्त्य गर्ने अभियान अन्तर्गत रहेर मुर्तोलाई एक दिन पद हस्तान्तरण गरेकी थिइन ।मुर्तो १६ वर्षकी भइन् । सामान्य परिवारकी सदस्य मुर्तो प्लान इन्टरनेशनलमा कार्यरत छिन् ।
उनले बुधबार प्रधानमन्त्रीको पदभार सम्हालेपछि दिनभर उच्च राजनीतिकर्मी र महिला अधिकारकर्मीसँग भेटघाट गरिन् । जुन भेटघाटको मूख्य उद्देश्य प्रविधिमा महिला अधिकारुसँग सम्बन्धित थियो । यद्यपी, मुर्तोले कुनै कानुन भने बनाइनन् ।फिनल्यान्डले एक किशोरीलाई सत्तारोहरण गराएको यो चौथोपटक हो। ‘गर्ल्स टेकओभर’ अभियान अन्तर्गत विश्वभर किशोरीहरुलाई एक दिनको लागि राजनीतिक वा अन्य महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ।
एकदिने प्रधानमन्त्री मुर्तोले बुधबार एक कार्यक्रममा भनिन्, आज तपाईहरुसामु यहाँ बोल्न पाउँदा खुसी लागेको छ तर मेरो चाहना छ कि म यहाँ उभिएर बोल्ने अवस्था नआओस् , गर्ल्स टेकओभर जस्ता अभियानहरु आवश्यक नपरेको भए हुन्थ्यो ।सत्य यो हो कि हामीले लैंगिक समानता हासिल गरेका छैनौं पृथ्वीमा कहिँ पनि छैन।ु उनले भनिन्, तरपनि हामीले यस क्षेत्रमा धेरै धेरै राम्रो काम गरिसकेका छौं, अझै धेरै कामहरू बाँकी छन्।यसअघि फिनल्याण्डका प्रधानमन्त्री मारिनले प्रविधिमा सबैको पहुँच सुनिश्चित गर्न जोड दिइन् ।