भतिजी हत्या आरोपमा काका काकी पक्राउ

रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका हुन् ।

बुधबार अपरान्ह ती किशोरीको शव शंकास्पद अवस्थामा फेला परेको थियो । स्थानीयका अनुसार किशोरीको मृत अवस्थामा अपरान्ह ४ बजे शब फेला परेको थियो । छतौनाका ५० बर्षिय नसरुद्दीन मन्सुरी, ४२ वर्षीय लाल महम्द, फुल महम्मद र सहनाज मन्सुरीसहित चार जना मिलेर छिमेकी जनरल कवाडीको घरमा शव राखी फरार भएको स्थानीय बताउँछन् ।

घटनापछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय गंगा पिपरालाई खबर दिए लगत्तै प्रहरी पुगेको थियो । प्रहरीले फुल महम्मद र सहनाज मन्सुरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । पक्राउ परेका मृतक किशोरीको काका र काकी हुन् । शवलाई पोष्टमार्टम गर्न गौर अस्पतालमा शव लगिएको र फरार अन्यको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।