धरान उपमहानगरका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

सुनसरी, कोरोना भाइरसको महामारी बढेपछि धरान उपमहानरपालिले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीमा नै संक्रमण देखिएपछि २० वटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो 

उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएपछि आजदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय भएको उपमहानगरका प्रमुख तिलक राईले बताए ।

बजारमा स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिने राईले बताए । चाडपर्वको समयमा लकडाउन गर्दा समस्या हुने भन्दै तत्काल लकडाउन भने नगरिने उनले जानकारी दिए ।