डा.गोविन्द केसीको तर्फवाट पनि बन्यो वार्ता टोली
प्रकासित मिति : २०७७ आश्विन २२, बिहीबार ०७:५४
प्रकासित समय : ०७:५४
काठमाडौं , सरकारसँग वार्ता गर्न डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै डा.केसीको तर्फबाट पनि वार्ता टोली बनेको हो ।
टोलीमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।डा.केसी चिकित्सा शिक्षा, स्वास्थ्य सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत छन् ।