कोरोनाबाट २९ वर्षीया महिलाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन २२, बिहीबार ०७:४९
प्रकासित समय : ०७:४९
बाँके, कोरोना भाइरस संक्रमणबाट मेडिकल कलेज कोहलपुरमा एक २९ वर्षीया महिलाको ज्यान गएको छ ।सुर्खेत घर भई मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित २९ वर्षीया महिलाको बुधबार बेलुका मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार उनको यही असोज १३ गते स्वाव संकलन गरिएको थियो । त्यसको दुई दिन पछि रिपोर्ट पोजेटिभ आएको थियो । त्यसै दिन उनलाई कोभिड आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो ।
रोगको प्रकृति अनुसार सबै किसीमको उपचार गर्दा पनि विरामीको स्वास्थ्य अवस्था सुधार नभएको बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् । कोरोना संक्रमणको कारण उनलाई निमोनिया भएको र बचाउन नसकिएको कोहलपुर शिक्षण अस्पताल स्रोतले जनाएको छ ।