पचलाझरनमा बन्ने भयो पञ्चायत कालदेखि सफल हुन नसकेको कुलो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा करोडौँको लागतमा सिचाई कुलो निर्माण हुने भएको छ ।पचालझरना गाउँपालिकाको वडा नं. ५ को बाँझकोटमा पञ्चायत कालमा समेत सफल हुन नसकेको कलो गणतन्त्रमा करिब तीन करोडको लागतमा सिचाई कुलोको निर्माण हुने भएको हो । विश्वखाद्य कार्यक्रमबाट २ करोड ७४ लाख र गाउँपालिकाको १ करोड गरी जम्मा तिन करोड ७४ लाखको लागतमा उक्त सिचाँई कुलो बन्ने भएको हो ।
माघ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर विश्वखाद्य कार्यक्रमको सहयोग, हुरेन्डेकको सहजिकरण र पचालझनरा गाँपालिकाको संयुक्त साझेदारीमा निर्माण हुन लागेको कोल्थे सिचाई कुलोको वुधवार एक कार्यक्रमका बिचमा गाउँपालिका अध्यक्ष खडकराज सेजुवालले शिल्यान्यास गरेका छन् ।
उक्त सिचाँई कुलोको शिलान्यास गदै गाउँपालिका अध्यक्ष सेजुवालले अव गाउँपालिका भित्रका सुख्खा जमिनहरु हरियालिमा परिणत भई कृषि उत्पादनमा वृद्धि हुने बताए ।
सिचाई आयोजना गाउँपालिकाकै सवै भन्दा ठुलो र गौरवको आयोजना हो, यसले गाउँपालिकाको करिब ३० प्रतिशत खुख्खा जमिनलाई सिचिंत गर्नेछ । जसले गर्दा कृषि उत्पादनमा वृद्धी भएर यहाँका जनताको आर्थिक अबस्था सुधार हुनेछ, अध्यक्ष सेजुलवालले भने ।
भौगोलिक कठिनाईका बाबजुत गाउँपालिकाको बिभिन्न क्षेत्रमा बाकि रहेका थप सुख्खा ठाउँहरुमा सिचाँई पर्यायाएर ‘सुख्खा जमिन मुक्त गाउँपालिका’ घोषण गर्ने तयारिका साथ अघि बढेको पनि अध्यक्ष सेजुवालले बताए ।
उक्त सिचाई कुलो गाउँपालिकाको कोल्थे देखी बाँचकोट सम्म करिब ५ किलोमिटरको दुरिवाट आउने सिचाईकुलोले त्यहाँका करिब ३ सय ७५ घरधूरी सिचाईबाट लाभान्धित हुनुका साथै एक सय ५० जना स्थानियले प्रत्यक्ष रोजगारी पाउनेछन् ।