जंगली जनावर चित्तल मार्ने पक्राउ

बाँके, राप्तीसोनारी गाउँपालिकामा जंगली जनावर चित्तल मार्ने दई जना प्रहरीको फन्दामा परेका छन् । राप्तीसोनारी ६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अ प्र पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके डुडुवा गाउपालिका ४ राप्तीनदी पुलबाट स्थानीय २३ बर्षीय सामेला रोका र २८ बर्षका अन्जन हमाल पक्राउ परेका हुन् ।भे ८ प ५४६५ नम्वरको मोटरसाइकलमा फत्तेपुरबाट नेपालगंज तर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा २६ कलो चित्तलको मासुसहित उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।बरामद चितल जिल्ला बाँके राप्तीसोनारी ६ ढलैया वस्ने रामु वली बाट रु ११ हजारमा खरिद गरि ल्याएको उनीहरुले वयान दिएका छन् । रामु ओली भने फरार छन् । उनीहरुमाथि थप छानविन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरु दोषी ठहर भए राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ क बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने छ ।