दाङमा कोरोनाबाट ७५ वृद्वाको मृत्यु

भालुवाङ , दाङमा १ कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

विभिन्न रोगबाट ग्रसित परियारलाई उपचारका लागि भैरहवा लगिएको र त्यहाँ पिसिअार गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उपचारका लागि माैरीघाट अाइसुलेसनमा ल्याइएको र त्यहाँ १ रात राखि अार्को दिन बुटवल लगिएकोमा त्यहाँ वेड अभाव भएको भन्दै समयमा उपचार नपाएपछि परियारको उपचार विनै मंगलबार बेलुका ४:१० बजेको समयमा मृत्यु भएको मृतककी नातिनी पुष्पा परियारले जानकारी दिएकी छिन् । मृतक परियारको अाज बुटवलमै दाह संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ