अपहरित बालिकाको २ महिनापछि उद्दार

अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्द नगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ । बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेश कुमार सापकोटाको टोलीले भारतिय प्रहरी संग समन्वय गरि निज पिडित नाबालिकाको उद्दार गरी संलग्नलाई पक्राउ गरि अनुसन्धान भईरहेको एसपी रानाले बताउनुभयो ।
मुलुकी अपराध संहित ऐन २०७४ को अपहरण लिन नहुने महलको परिच्छेद १७ दफा २१४ बमोजिमको १० बर्ष देखि १५ बर्ष सम्म कैद र १ लाख देखि १ लाख ५० हजार रुपैया सम्म जरिवाना हुने कानुनी व्यवस्था छ