खुल्यो डिभी, कसरी भर्ने ?
प्रकासित मिति : २०७७ आश्विन २१, बुधबार १९:१४
प्रकासित समय : १९:१४
काठमाडौं, सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आज (बुधबार) बाट आवेदन दर्ता खुलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ । इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।