काठमाडौं उपत्यकामा थपिए १,६८४ कोरोना संक्रमित
प्रकासित मिति : २०७७ आश्विन २१, बुधबार १६:४६
प्रकासित समय : १६:४६
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका छन् ।
यसअघि मंगलबार (हिजो) काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना गरी जम्मा १,०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।