उपत्यकामा पछिल्लो थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५५१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३४० जना उपचारपछि डिस्चार्ज भएका छन् । ७४।३ प्रतिशत संक्रमित निको भएका छन् ।