प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का

काठमाडौँ, प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का भएको छ ।मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको थियो ।

प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । विपक्षमा भने १३ मत मात्र खसेको थियो।ठुलो बिवातका वाबजुत उक्त प्रस्तावमा मंगलबार मतदान भएको थियो ।

 प्रदेश ५ को नाम लुम्बिनी 

मंगलबार प्रदेशसभामा भएको मतदानमा लुम्बिनीको पक्षमा ७९ मत खसेको छ । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रदेशसभामा ८७ सदस्य रहेकामा आजको भोटिङमा ८२ सांसद उपस्थित रहेका थिए ।