कोरोना महामारीकै बिचमा भवनको सिलन्यास गर्दैः अध्यक्ष सेजुवाल

कालिकोट,कालिकोट जिल्ला पचालझरना गाउँपालिकामा रु १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको छ ।

अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित क्याप्सन कर्णाली परियोजना अन्तर्गत पचालझरना गाउँपालिकामा केन्द्र पणेक्षामा १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको हो ।

पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल, विश्वप्रकाशले उक्त भवनको सिलान्यास गरेका थिए ।उक्त कार्यक्रम मा हुरेन्डेक नेपाल कालिकोटका कार्यक्रम संयोजक विरेन्द्र बहादुर बुढा लगाएत सरोकारवाला निकाय र समुदायको उपस्थित रहेको वन अधिकृत क्याप्सन कर्णाली हुरेन्डेक नेपाल कालिकोटका भरत प्रसाद चौलागाईले बताएका छन ।

कोरोना महामारीकै बिचमा पचालझरना गाउँपालिका भित्रका बस्तीहरुमा अध्यक्ष सेजुवालले अबोलकन तथा बिकासका कामलाई तिर्बता दिएका छन ।