रुपन्देहीका नेकपा कार्यकर्ताले गरे पार्टी परित्याग
प्रकासित मिति : २०७७ आश्विन २०, मंगलवार १३:१०
प्रकासित समय : १३:१०
काठमाडौँ, सत्तारुढ नेकपा रुपन्देहीका २ हजार बढी कार्यकर्ताले पार्टी परित्यागको घोषणा सार्बजनिक गरेका छन ।
मंगलबार बुटवलमा एक पत्रकार सम्मेलन गरी रुपन्देही ब्यापार संघ,रुपन्देही उद्योग संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ३५ संस्थामा आवद्ध करिब दुई हजार तीन सय पार्टी सदस्यहरुले आफ्नो राजीनामा बुझाएका हुन् ।
सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई सारेर दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएपछि रुपन्देहीका नेकपा र कांग्रेसका नेता कार्यकर्ता विरोधमा छन् ।