नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच हिजो भएको छलफलपछि आज बैठक बस्ने तय भएको हो ।बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको छ । सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो ।

तर, शनिबार दिउँसो प्रधानमन्त्रीका सल्लाहकारसहित सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइतबारको लागि बोलाइएको सचिवालय बैठक पुनः स्थगित भएको थियो ।