सिरहामा आठजना जुवाडे पक्राउ

सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट आठजना जुवाडे पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ५ हजार तथा ताससहित मिर्चैया ८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ बर्षीय दिलीप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका १ का ३२ वर्षीय नातिकाजि राई, उदयपुरको कटारी नगरपालिका १ का २५ वर्षीय बिशाल सुनार र ३४ बर्षीय दानबहादुर राईलाई पक्राउ गरेको हो ।

यसैबीच आफुलाई प्रहरी भन्दै ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्नामा गाउँपालिकाका ३० वर्षीय मो जाबिर रहेका छन् ।