सांसद चौधरीलाई कोराना संक्रमण
प्रकासित मिति : २०७७ आश्विन २०, मंगलवार १८:२१
प्रकासित समय : १८:२१
काठमाडौ, नेकपा संसदीय दलकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी हुन् ।
उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो ।उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरेकी छिन् ।