चितवनमा थप २० जनामा कोरोना संक्रमण

चितवन,  चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी र दाङका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले सोमबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र २ महिलामा संक्रमण पुष्टि भएको छ ।यस्तै खैरहनीका ३ पुरूष र ३ महिलामा पनि संक्रमण भएको छ । संक्रमित हुनेमा ३ वर्षीया बालिका पनि छन् ।

इच्छाकामनाका एक पुरूष, रत्ननगर र कालिकाका एक/एक जना महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।यस्तै नवलपरासीको मध्यविन्दुकी १९ वर्षीया एक युवती र दाङ तुलसीपुरका ३४ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टी भएको डा. अधिकारीले बताइन् ।