बूढानीलकण्ठमा निःशुल्क टोल फ्री नम्बर सञ्चालन
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार १७:४५
प्रकासित समय : १७:४५
बूढानीलकण्ठ, बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ ।
कोभिड भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिए ।
टोल फ्री नं १६६००१०००३२ सञ्चालनमा ल्याएको हुँदा सम्पूर्ण नगरवासीले उक्त नंमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ