सुदूरपश्चिममा ८६ प्रतिशत कोरोना मुक्त
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ८६.४० प्रतिशत निको भएर घर फर्किएका छन् । हालसम्म ७ हजार ६०४ जना संक्रमित भएकोमा ६ हजार ५७० जना निको भएका छन् । जुन ८६.४० प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ६९ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अछामका ४९, डोटीका १७, डडेल्धुराका एक र सेती प्रादेशिक अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।
योसंगै प्रदेशभरमा कोरोनामुक्त हुनेको संख्या छ हजार ५७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभमा ३६ जना संक्रमित थपिएका छन् ।सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसंगै प्रदेशभमा कुला संक्रमितको संख्या सात हजार ६०४ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार १६ रहेको छ ।