श्रम स्वीकृतिको काम आजबाट पुनः सुरु
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार १५:४३
प्रकासित समय : १५:४३
काठमाडौ, कोरोनाका कारण बन्द भएको श्रम स्वीकृति आजबाट पुनः सुरु भएको छ ।
वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति आजबाट सुरु भएको हो । केही समय अगाडि कार्यालयका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि गत बुधबारदेखि सेवा बन्द भएको थियो ।
वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेको तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न सुरु गरेको हो ।