वैदेशिक रोजगारीको नाममा ४६ लाख ठगी गर्ने पक्राउ
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार १५:५०
प्रकासित समय : १५:५०
काठमाडौं, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीको नाममा ठगी गरेर फरार एक जनालाई पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ का भीमबहादुर तामाङलाई आइतबार दिउँसो बौद्धबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले बताए । सोही मुद्दाका फरार प्रतिवादी तुलबहादुर तामाङलाई महाशाखाको टोलीले यही असोज १६ गते डिल्लीबजारबाट पक्राउ गरिसकेको छ ।
तामाङद्वयले सृजना दोङ समेतका व्यक्तिलाई विदेश पठाउने भन्दै ४६ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । उक्त कसुरमा २०७४ भदौ ११ गते अदालतले उनलाई एक वर्ष छ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।