बाँकेमा आज ४८ जना डिस्चार्ज भएर घर फर्किए
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार १७:०४
प्रकासित समय : १७:०४
नेपालगञ्ज, बाँकेमा सोमबार मात्रै जिल्लाका विभिन्न आईसोलेशनबाट थप ४८ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किएका छन ।
नरेश श्रेष्ठका अनुसार सोमबार संक्रमणमुक्त भएर घर फर्किनेहरुमा विभिन्न आइसोलेशनसहित अधिकांश होम आईसोलेशनमा बसेकाहरु छन् । श्रेष्ठले सोमवार २० महिला र २८ पुरुष गरेर ४८ जनालाई डिस्चार्ज गरेर पठाईएको बताए ।