देशभर भेन्टिलेटरमा ४३ र आईसीयूमा २४४ जना उपचारत
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार १७:१४
प्रकासित समय : १७:१४
काठमाडौं , देशका विभिन्न जिल्लामा कोरोना संक्रमित बिरामीमध्ये ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बागमतीमा ३१ र प्रदेश ५ मा ६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यस्तै देशका विभिन्न जिल्लामा २४४ जना संक्रमित आईसीयूमा छन्। मन्त्रालयको विवरणअनुसार प्रदेश १ मा ३०, दुईमा १७ र बागमती प्रदेशमा १२४ जना आईसीयूमा छन्। यस्तै गण्डकीमा ६, प्रदेश ५ मा ४७, कर्णालीमा १६ र सुदूरपश्चिममा ४ जना संक्रमित आईसीयूमा छन्।