तातोपानी नाका आजदेखि सञ्चालन
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार १०:३०
प्रकासित समय : १०:३०
सिन्धुपाल्चोक, पहिरोका कारण तीन महिनादेखि बन्द भएको तातोपानी नाका आजदेखि सञ्चालनमा आएको छ ।
असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका आजदेखि सुचारु गर्ने सहमति भएसँगै नाकाबाट आयात सुरू भएको छ ।
औपचारिक रूपमा नाका आजदेखि सञ्चालनमा आए पनि चीनबाट भने आइतबारदेखि नै आयात सुरू भएको छ ।आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थहरु आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड/अनलोड गर्ने टिम तयारी राखेको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण गरिने व्यवस्था मिलाइएको छ ।