चितवनमा थप १९ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ आश्विन १९, सोमबार ०८:१२
प्रकासित समय : ०८:१२
चितवन ,चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् ।
भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २० देखि ५८ वर्षसम्मका छन् ।
यस्तै राप्ती-६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।