उपत्यकामा १५३१ संक्रमित थपिए

काठमाडौं , पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ५३१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा ४८४ महिला र ६९४ पुरुष, ललितपुरमा ११४ महिला र १३६ पुरुष र भक्तपुरमा ४९ महिला र ५४ पुरुष रहेका छन् । आइतबार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी एक हजार ५६० कोरोना संक्रमित थपिएका थिए ।

शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।