कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द

काठमाडौँ, कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् ।

गुर्जुधारा, सानो भर्‍याङ र ठूलो भर्‍याङका यातायात कार्यालय बन्द गरिएका हुन् ।

सानो भर्‍याङ, ठूलो भर्‍याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द भएको हो ।