उपत्यकामा थप १ हजार ५९९ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १८, आईतवार १६:३८
प्रकासित समय : १६:३८
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्र उपत्यकामा १ हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २५३ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३२९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।