१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौँ , १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलत्कारको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका ४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन् ।

भक्तपुर नगरपालिका ८ कालाँचास्थित रोकी राखेको बा ३ ख २६१२ नम्बरको बसमा खड्का समेत ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्का समेत गरी २ जनालाई पक्राउ गरेको हो ।

उक्त घटनामा संलग्न एक जना भने फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जानकारी गराएको छ ।‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बयान दिएकी छन् ।