चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाडौं,  चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

चितवनको कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आज विहान ६ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनी असोज १६ गते कोरोना संक्रमण भएर अस्पताल भर्ना भएको भरतपुर अस्पतालले जनाएको छ।