उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार १६:४५
प्रकासित समय : १६:४५
काठमाडौँ , उपत्यकामा थप १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्र उपत्यकामा १६३८ कोरोना संक्रमित थपिएका थिए ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०४४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।