नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार १६:३९
प्रकासित समय : १६:३९
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १२० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १२० जनामा संक्रमण देखिएको हो ।योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।