नेपालमा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार १६:३३
प्रकासित समय : १६:३३
काठमाडौँ, नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार १२० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६२ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०४४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हाल नेपालमा २१ हजार ३०२ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ७७३ जना रहेका छन् । होम आइशोलेसनमा रहनेको संख्या ११५२९ छ । अहिले क्वारेन्टाइनमा ४ हजार २७३ रहेका छन् । आज १२ हजार ९७८ जनाको पिसिआर परिक्षण गरिएको छ ।