आलम प्रकरणः इँटाभट्टाका हेडमिस्त्री पक्राउ
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार १३:४७
प्रकासित समय : १३:४७
काठमाडौँ, बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री एवं सांसद अफ्ताब आलमका फरार एक सहयोगी पक्राउ गरेका छन् ।प्रदेश २ प्रहरी कार्यालयको विशेष टोलीले बारा सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनीलाई पक्राउ गरेको छ ।
सहनीलाई शुक्रबार साँझ बौधीमाई नगरपालिका ७ स्थित नेपाल भारत सीमाको बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो ।सहनीले आलमकै निर्देशनबमोजिम घाइते तथा मृतकलाई आगोमा हालेर जलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ । सहनी सोही इँटाभट्टाका हेडमिस्त्री रहेको बताइएको छ।
२०६४ सालको पहिलो संविधानसभा चुनावको अघिल्लो दिन भएको बम विष्फोटको घटनाका घाइतेहरुलाई इँटाभट्टामा जलाएर हत्या गरेको र प्रमाणहरु नष्ट गरिएको थियो । सो विस्फोटमा तीन जनाको मृत्यु र करिब १६ जना घाइते भएका थिए।