श्रीमतीलाई अभद्र ब्यवहार परपुरुषसंग लागेको आरोप

हुम्ला, हुम्लाको सिमकोट गाउँपालिका–७ ओख्रेनाकी २३ वर्षीया महिलालाई परपुरषसँग सम्बन्ध राखेको आरोपमा दिसा खुवाउँदै गाउँ डुलाउने श्रीमानसहित सात जना पक्राउ परेका छन ।यसरी अमानवीय व्यवहार गर्ने उनका श्रीमानसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक डीएसपी सुर्य सुवेदीले जानकारी दिए ।

ती महिलालाई प्रहरीले उद्दार गरिसकेको छ । परपुरुषसँग लागेको आरोपमा श्रीमान र गाउँलेले कुटपिट गरेर आफूलाई दिसासमेत खुवाइएको ती महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुखमा मोसो दलेर जुत्ताको माला समेत लगाएको महिलाको दाबि रहेको छ ।उनीहरुमाथि कुटपिट र अभद्र व्यवहारमा संलग्नलाई कारबाही गर्ने डीएसपी सुवेदीले बताए ।

अहिले पीडित महिलालाई संरक्षणका लागि महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ । महिलाका दुई वर्षका छोरी र ४ वर्षका छोरा छन् ।