बहराइनका राजकुमारको टोली हिमालको चुचुरोमा
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार १३:०९
प्रकासित समय : १३:०९
काठमाडौँ, बहराइनका राजकुमारको टोली लोबुचे हिमालको चुचुरोमा सुगेको छ । सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका हो।
६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा राजकुमारको टोलीले आरोहण गरेको हो । राजकुमारसहित १८ जनाको टोली हिमाल चढ्न गत भदौ ३१ गते काठमाडौं आएको थियो । टोलीमा राजकुमार र १४ जना डिफेन्स फोर्स तथा तीन जना बेलायती नागरिक छन् ।
यो वर्ष नेपालका कुनै पनि हिमाल आरोहण भएको यो पहिलोपटक हो । अब उनीहरुले गोरखाको मनास्लु हिमाल आरोहण गर्नेछन् ।