नेकपाको सचिवालय बैठक स्थगित
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार ११:२३
प्रकासित समय : ११:२३
काठमाडौं, सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बस्ने तय भएको बैठक आइतबार दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको एक सचिवालय सदस्यले जानकारीगराएका छन ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता पनि शनिबार बैठक बोलाउने सहमति भएको थियो ।आजको बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे छलफल गर्ने तयारी थियो ।
पार्टी भित्रको विवाद मथ्थर भैरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको उच्च नेतृत्व र मन्त्रीहरुलाई समेत थाहा नदिइ मुख्य सचिव र राजदूत लगायतका महत्वपूर्ण पदहरुमा नियुक्ति गरेपछि पार्टीका शिर्षनेताहरु असन्तृष्ट भएका छन् ।