नुहाउने क्रममा बेपत्ता आमासहित ४ छोराछोरी भेटिएनन्
प्रकासित मिति : २०७७ आश्विन १७, शनिबार १०:४८
प्रकासित समय : १०:४८
काठमाडौँ, बाजुराको हिमाली गाउँपालिका–५ कवाडी खोलामा बगेर शुक्रबार बेपत्ता भएका छन ।बेपता भएका पाँच जना शनिबार बिहानसम्म भेटिएका छैनन् । उनीहरु एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।
खोलाले बगाएर बेपत्ता हुनेमा सत्ता नेपालीलगायत उनकी छोरी ५ वर्षकी आरती, ४ वर्षकी सन्तोषी, १ वर्षीया छोरी किस्मती र २ वर्षीय छोरा सम्मान रहेका छन् ।बेपत्ता उनीहरुको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरु परिचालन भएका छन् । यद्यपी हालसम्म पनि उनीहरु नभेटिएको बाजुराका प्रहरी नायब उपरीक्षक ९डीएसपी० मदनजित महराले बताए ।
उनीहरूको खोजी निरन्तर गरिरहेका डीएसपी महराले जानकारी दिँदै भने, ‘शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएका थिए ।’