नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे छलफल हुने एक सचिवालय सदस्यले बताएका छन ।
पार्टी भित्रको विवाद मथ्थर भैरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको उच्च नेतृत्व र मन्त्रीहरुलाई समेत थाहा नदिइ मुख्य सचिव र राजदूत लगायतका महत्वपूर्ण पदहरुमा नियुक्ति गरेपछि नेकपा भित्रको विवाद फेरि चर्किने संभावना देखिएको छ ।
सरकारले पार्टीसँगै समन्वय नगरी नियुक्ती गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेका छन् ।आजको बैठकमा मन्त्रीपरिषद् पुर्नगठनसहित समसामायिक विषयमा छलफल हुने ती सदस्यले जानकारी दिए ।